७२ बर्षको उमेरमा पनी जोस र जागर सहित उदयपुर जिल्लाबाट गित रेकर्ड गर्न आउनु भएका लेख बहादुर कार्की संगको कुराकानी जस्त तेस्तै तल उल्लेखित भिडियो बाट हेर्नु होला /
धरान बजार
धरान बजार बोलको गीत मुकुम्लुङ युटुब च्यानल बाट प्रसारित भएको छ।जस्मा शब्द:-डि पि खनाल सङीत:-धनु ग्याङमि मगरको रहेको छ भने स्वर, हरि केरुङ र सत्यकला राई को रहेको छ। उक्त गीत ओडियोमा सुन्न सक्नु हुनेछ।
पागल भो गित
संगीतकार भक्त सुनुवार को आवाजमा पागल भो भन्ने बोलको गित युटुबमा आयको छ । जस्मा शब्द नितेश सुनुवारको रहेको छ भने लय भक्त सुवारकै रहेको छ । हेर्न र सुन्न नभुल्नु होला तथा लाइक र सब्स्क्राब गरि सहयोग गरि दिनु होला ।
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
नवलपुर । पछिल्लो समय आगलागीका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन् । शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो । तामाङटोलस्थित नवीन पुनको दुईतले टिनको घरमा लागेको आगलागीबाट दुईवटा भैँसी र तीनवटा बाख्रा मरे । आगलागीबाट भएको क्षतिको थप विवतरण प्रहरीले सङ्कलन गरिरहेको छ ।
सोही दिन दिउँसो करिब तीन बजे जिल्लाकै हुप्सेकोट–४ शङ्खदेव गाउँका रनबहादुर राईको परालको टौवामा आगलागी भयो । बच्चाले सलाई खेलाउँदा भएको आगलागीबाट परालको टौवामा क्षति पुग्यो भन्ने तत्काल आगो नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन । यस्तै, बिहीबार दिउँसो तीन बजेतिर गैँडाकोट–१ को इँट्टाभट्टाचोकमा श्रीप्रसाद न्यौपानेको परालको टौवामा आगो सल्कियो । आगलागीबाट १२ कठ्ठाको परालमा क्षति पुग्यो भने गोठ जलेर खरानी भयो । पशुचौपाया एवम् मानवीय क्षति भने हुन पाएन ।
जिल्लामा व्यक्तिगत सम्पत्तिमा हुने आगलागीका घटना प्रायः दिउँसोकै समयमा हुने गरेका छन् । जिल्लामा भएका सबै घटनाका कारण नखुले पनि मानवीय त्रुटीले आगलागी धेरै घटना हुने गरेका प्रहरीले जनाएको छ । ।
जिल्लामा यस वर्षमात्रै आगलागीमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार चालु आवमा ३८ वटा आगलागीका घटनामध्ये तीनवटा घटनामा परी तीन जनाको मृत्यु भएको हो । चैतमा मात्रै यहाँ १३ वटा घटना भएका छन्, जसमध्ये पाँचवटा व्यक्तिगत सम्पत्ति एवम् आठ वटा वनमा आगलागीका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले फागुन, माघ र साउनमा भएको आगलागीबाट तीन जनाको मृत्यु भएको जानकारी दिए । “आगलागीबाट जिल्लामा नौ महिनाको अवधिमा तीनजनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन्”, उनले भने, “आगलागीबाट रु ६१ लाख २१ हजार बजारको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । एक हजार ६०० कुखुरा, दुई भैँसी, तीन वटा बाख्रा मरेका छन् ।”
नेपालका अनुसार यहाँ आगलागीले पाँचवटा घरमा आंशिक क्षति भएको छ । सात गोठ र नौ परालको टौवामा पूर्ण क्षति पुगेको छ । यस्तै, एउटा विद्यालय र एउटा गोठमा आंशिक क्षति हुन पुगेको छ । गत पुस महिनामा भएको आगलागीमा एउटा कारमा समेत क्षति पुगेको सूचना अधिकारी नेपालले बताए ।
जिल्लामा भएका साउन र असोजमा तीन÷तीन, कात्तिक र मङ्सिरमा पाँच÷पाँच, पुसमा सात, माघमा छ, फागुनमा चार, चैतमा पाँचवटा आगलागीका घटना भएका छन् । सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरे पनि नियन्त्रणका लागि वारुण यन्त्र (दमकल)नहुँदा समस्या हुने गरेको छ । यहाँका आठ पालिकामध्ये कावासोती र देवचुली गरी दुई नगरपालिकासँग मात्रै एक÷एक वटा दमकल रहेका छन् ।